उन्नत जातको पशु पालनको लागि प्रोत्साहन

अमरराज नहकी
तनहुँ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले उन्नत जातको भैंसी, गाई तथा बाख्रा पाल्नको लागि कृषकलाई प्रोत्साहन गरेको छ । उन्नत जातबाट बढी आम्दानी लिन सकिने हुँदा प्रोत्साहन गरिएको कार्यालयले जनाएको छ ।
उन्नत पालनको लागि नश्ल सुधार गर्नु पर्ने हुँदा उन्नत पशुचौपाय खरीदमा यहाँका कृषकलाई अनुदानको व्यवस्था गरेको छ । नश्ल सुधार गरी दुध तथा दुधजन्य पदार्थ र मासुको उत्पादन र उपादकत्वमा बृद्धि गर्न अनुदानको व्यवस्था गरिएको केन्द्रका वरिष्ठ पशुविकास अधिकृत डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा.श्रेष्ठका अनुसार उन्नत जातको ८ वटा रागो खरीद गर्नको लागि जनही ६० हजार रुपैयाँ अनुदान पाउने भएका छन् । प्रजनन्को लागि व्यवसायिक रुपमा उन्नत जातका पशु पाल्दै आएको कृषक, कृषक समुह वा समितिले स्थानीय तहको सिफारिसमा अनुदान पाउँछन् । यस्तैगरी ३० हजारको दरले १० वटा प्रजनन् बोका खरीद गर्न अनुदानको व्यवस्था गरिएको छ ।
उन्नतमा भैंसीमा मुर्रा र बाख्रामा बोयर जातबाट बढी फाईदा लिन सकिने केन्द्रले जनाएको छ । गाईको लागि उन्नत जातको साँढे खरीद गर्न पनि अनुदान पाईने डा.श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयका अनुसार गाईमा प्राय क्रित्रिम गर्भधानबाटै प्रजनन् गर्न कृषकहरु आकर्षित भएकोले अनुदान लिन आउने रागोको बढी सम्भावना रहेको छ । नश्ल सुधारद्धारा उन्नत जातको उत्पादन गरी स्वदेशमा नै उन्नत जातको पशुको आपूर्ति वृद्धि गर्ने उद्धेश्यले अनुदानको व्यवस्था गरिएको हो । स्थानीय जात सुगुर र कुखुरा संरक्षणको लागि पनि ३ लाख ५० हजार रुपैयाँ अुनदानको व्यवस्था गरिएको पनि डा.श्रेष्ठले जानकारी दिनुभयो ।
व्यवसायिक कृषकलाई औषधी उपचार र खोर निमार्णको लागि अनुदानको व्यवस्था गरिएको हो । व्यावसायिक कृषकले लागत सहभागितामा मात्रै स्थानीय तहको सिफारिसमा अनुदान पाउँछन् । नश्ल सुधारको लागि तनहुँका १० वटा मध्ये आठ वटामा कृत्रिम गर्भधान केन्द्र सञ्चालनमा रहेका छन् । सञ्चालन नभएका गाउँपालिकामा रिसिङ र घिरिङ रहेको केन्द्रले जनाएको छ । उन्नत जातको चौपायले दुध धेरै दिने तथा चाँडै बढ्ने हुँदा बढी फाईदा लिन सकिने पशु चिकित्सक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker