साना सिंचाईको लागि डेढ करोडको बजेट

अमरराज नहर्की,
तनहुँ, भदौ १२ गते । कृषि ज्ञान केन्द्र तनहुँले तनहुँ र नवलपुर गरी दुई जिल्लाका कृषकलाई साना सिंचाई कार्यक्रमको लागि डेढ करोड बजेटको व्यवस्था गरेको छ । यस कार्यक्रमको लागि कृषकले ८५ प्रतिशत अनुदान पाउने केन्द्रले जनाएको छ ।
५० वटा सञ्चालनको लागि प्रति किसानले जनही तीन लाखको दरले अनुदान पाउने गरी उक्त वजेट विनियोजन भएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कार्यक्रम साझेदारीमा सञ्चालन हुने भएकोले कृषकको लागत सहभागिता १५ प्रतिशत अनिवार्य हुनु पर्ने केन्द्रले जनाएको छ । नगद, जिन्सी वा श्रमदानबाट कृषकले लागत सहभागिता जनाउन सक्नेछन् । गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश भए अनुसार कार्यान्वयन गर्न सिंचाई कार्यक्रममा सहभागी हुन निवेदन दिन केन्द्रले सूचना जारी गरि केन्द्रका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार बाली उत्पादन वृद्धिको लागि सिंचाई प्रमुख कारक तत्व भएकोले यसको उचित व्यवस्थापन गर्न साना सिंचाई कार्यक्रम गण्डकी प्रदेश सरकारले ल्याएको हो ।
स –साना बाध, छेकबार, कुलो सुधार , ह्युमपाईप, पोलिथिन पाईप लगायतबाट जमिनमा सिंचाई गर्न सकिन्छ । साना सिंचाईबाट २५ हेक्टर सम्म सिंचाई गर्न सकिने प्राविधिक बताउँछन् । आधुनिक सिंचाई अन्तर्गत थोपा सिंचाई जडान, स्पीङ्लर सिंचाई जडान, प्लाष्टिक पोखरी निमार्ण जस्ता गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम समावेश गरेकोले आवेदन दिन सकिने भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।
साना तथा आधुनिक सिंचाई विधिलाई सम्भाव्य स्थानमा प्रबद्र्धन गरी बाली सघनमा बृद्धि गरी जमिनको उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ । यसैगरी सिंचाई सुविधा अपुग भई कृषिको व्यवसायिककरण गर्न नसकेका कृषकहरुलाई कार्यक्रम सञ्चालनमा सहयोग गरी फलपूmल नगदे बाली लगायत सम्भाव्य बालीहरुको खेती प्रबद्धनबाट रोजगारी र आय÷आर्जनमा बृद्धि हुने कार्यक्रमको थप उद्धेश्य रहेको केन्द्रले जनाएको छ ।
निमार्ण हुँदै गरेको साना सिंचाइको तस्विर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker