शिक्षक महाङ्घमा अध्यक्षमा पोख्रेल

तनहुँ समाचारदाता
तनहुँ,भदौ २९ गते । नेपाल शिक्षक महासङ्घ तनहुँको दमौलीमा आयोजित घोषणा सभाले रामचन्द्र पोख्रेल आरसीको अध्यक्षमा २९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको सहअध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा शिवचन्द्र आचार्य, महिला उपाध्यक्षमा मिना घिमिरे, सचिवमा अशोक खत्री, सहसचिवमा लोकराज सेढाई, अर्थ सचिवमा हेमलाल घिमिरे चयन हुनु भएको छ । त्यस्तै समितिको सदस्यहरुमा कृष्णचन्द्र पाण्डे, शिव शाही, सुस्मिता पण्डित, वैकुण्ठ भट्टराई, गौकुमारी न्यौपाने, विन्दु पन्थ, छविलाल सिग्देल, हिरा पाण्डे चयन हुनु भएको छ । यसै गरी सदस्यहरुमा रेशमलाल श्रेष्ठ, गजेन्द्र पन्थ, इन्दु पौडेल, राजेन्द्रबहादुर अधिकारी, ईश्वरी गहतराज, हेमन्त बराली चयन हुनु भएको छ ।
समितिको पदेन सदस्यहरुमा ध्रुवराज सिग्देल, कमलभक्त पोख्रेल, राजेन्द्र पौडेल, सूर्यकुमार घिमिरे, आमन्त्रित सदस्यहरुमा पदम खनाल, बाबुराम रानाभाट, ईश्वरी ढकाल, हेमलाल घिमिरे रहनु भएको छ । सभाको नेपाल शिक्षक महासङ्घका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker