मुस्ताङबाट पोखरा उडेको हेलिकप्टर म्याग्दीको धानखेतमा आकस्मिक अवतरण

काठमाडौँ – मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरेको छ । मौसम खराब भएका कारण तीर्थयात्री बोकेको डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक सवार थिए। उनीहरु सबै सकुशल छन् । यसअघि, हिजो लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको थियो । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker