विप्लब समूह गाेरखा दलित माेर्चाका अध्यक्ष पक्राउ

  • गोरखा १, असोज । नेत्र बिक्रम चन्द ‘बिप्लप’ समुहका दलित मुक्तिमोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाले सिरानचोक गाउँपालिका–३ हर्मी स्थित वयापानीबाट ४३ बर्षिय बि.कलाई प्रहरीले गएराती ११ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बि.क बिप्लप समुहको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला सदस्य समेत हुन् । उनी माथि राजद्रोह, बिस्पोटक पर्दाथ सम्बन्धी र सार्वजनिक मुद्दा बिरुद्धको कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

  • बिभिन्न बिस्पोट लगायका घटनामा संलग्न भएको आरोपमा प्रहरीले बि.कको खोजी गरिरहेको थियो । बिशेष सूचनाका आधारमा घरबाटै उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker