दुर्घटनामा २७ जना भारतीय तिर्थयात्री घाईते

तनहुँ समाचारदाता
तनहुँ, भदौ ३० गते । भारतीय तिर्थ यात्रु चढेको वस सोमबार दिउँसो तनहुँमा दुर्घटना हँुदा २७ जना यात्रु घाइते भएका छन् । । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका १२ स्थित कमलवारीमा दुर्घटना भएको हो । भारतको कर्नाटक उत्तर प्रदेशवाट मुक्तिनाथ दर्शनका लागी आउदै गरेको तिर्थ यात्रु चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
तिर्थ यात्रु चढेको यु पि ५३ वि.टी.४९९५ न.को बस दुर्घटना हुँदा उनिहरु घाइते जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भिर घाइते हुने ३ जना भारतीय तिर्थ यात्रुलाई तत्कालै मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थाका १७ जना घाइतेको दमौलीको रत्नहरी र ७ जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट ७÷८ मिटर तल खसेर दुर्घटना भएको र बस चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker