
गोरखा पालुङटार
भाद्र, २९
गोरखाको पालुङटार नगरपालिकाका कम्पुटर सहायक अवि गुरुङले आफ्नो जन्मदिनमा फजुल खर्च कटाएर एक विद्यार्थी अध्ययनको लागि मद्धत गर्नु भएको छ । उहाँको यस कार्यको सबैले प्रशंसा गरेका छन् । मेलापात गरि जीवन यापन गुजारा गरि रहेका स्थायी घर पूर्वी रुकुम राङसी निवासी पर्मिला बुढा मगरका छोरा उज्ज्वल बुढामगरलाइ नगद तीन हजार ५ सय तथा शैक्षिक सामग्री कापी तथा कलम सहयोग गर्नु भएको हो । बुढामगर पालुङटार नगरपालिका–६कमलाट स्थित रजगरे माध्यामिक बिद्यालयमा कक्षा ५ मा अध्ययन अध्ययन गर्नु हुन्छ । सहयोग सामग्रीको सो विद्यालयको नव निर्मित भवनको हस्तान्तरण कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर ई. दीपक बाबु कंडेलले प्रदान गर्नु भएको छ । ठेकेदारी काम गर्ने उज्वलका बुवा कामकै सिलसिलामा तनहुको भानु न.पा भन्सारमा दिनभर कामगरि बेलुकी खाना खाने समयमा अकस्मात बिरामी भइ हस्पिटल लैजाने क्रममा बाटैमा मृतुवरण गर्नुभएको रहेछ । टुहुरो अनि आर्थिक अवस्था कमजोर भएकोले जन्मदिनको फजुल खर्च कटाएर सहयोग गरेको कर्मचारी गुरुङ बताउनुहुन्छ । सानै छदा बुबा गुमाएका उज्वल आमाले जसोतसो मेलापात गरि स्कुल पठाउने गर्नु भएको जनाईएको छ । पालुङटार नगरपालिकामा मेयर दीपकबाबु कँडेलले जन्मदिनमा गरिने फजुल खर्च कटाएर शैक्षिक सामग्री सहयोग गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो । कर्मचारी गुरुङ पालुङटार नगरपालिका–६ निवासी हुनुहुन्छ ।