विद्यार्थीहरुका लागी दुग्धपान कार्यक्रम सम्पन्न

रविन्द्र कंडेल
गोरखा, भाद्र २७
पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित अकला मा.वि.मा विद्यार्थीहरुका लागी दुग्धपान कार्यक्रम सम्पन्न भएको छ । दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै संघीय सभाका माननीय सांसद चुडामणि खडका प्रकाश ले विद्यार्थीहरुका लागी दुग्धपानको महत्व को विषयमा प्रष्ट पार्नुभएको थियो । सोही अवसरमा उहाँले यस क्षेत्रको विकासको लागी आफूले हरतरहले सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
दुग्धपानको आवश्यकता एवं महत्वका विषयमा प्रष्ट्याउँदै विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगार्ईंले स्वागत गर्नुभएको सो कार्यक्रममा नगरपालिकाकी उप प्रमुख पम्फा बसेल तथा नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले विशेष अतिथिको रुपमा मन्तव्य राख्नुभएको थियो । दुग्ध विकास बोर्डका निर्देशक बिदुर राइले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अनुसन्धान अधिकृत अजय पोेख्रेलले समेत आफ्नो भनाइ राख्नुभएको थियो भने राष्ट्रिय कलाकार एवं रेडियो नेपालका सञ्चालक समितिका सदस्य रामचन्द्र अर्यालले गीतमार्फत दुध तथा फलफुलको महत्वको विषयमाथि प्रष्ट्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker