बिकासका लागी कहिल्यै पछि हटदिन ः दिपक बाबु कंडेल

रविन्द्र कंडेल
गोरखा, भाद्र २७
नेपाली कांग्रेसको जागरण अभियान पालुङ्टारमा जारी रहेको छ । ठाँटीपोखरी बजारबाट शुरु भएको जागरण अभियान वडा नं. ७ को बिरुवाटार र वडा न. ६ को कमलटारमा सम्पन्न भइसकेको छ ।
गोरखा जिल्ला क्षेत्र नं. २ प्रदेश क अन्तर्गत पालुङ्टार नगरपालिकामा पनि दोश्रो चरणको जागरण अभियान अन्तर्गत भाद्र २६ गते बिरुवाटारमा श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा केन्द्रिय प्रतिनिधी कृष्ण कोइराला, दिर्घमान गुरुङ नारायण, पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक कंडेल, संगठन विभाग प्रमुख विमल ढकाल,गोविन्द गुरुङ, नन्द प्रसाद न्यौपाने लगायतकाले मन्तव्य राखेका थिए । सोही कार्यक्रमका अवसरमा विभिन्न संगठनबाट नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई केन्द्रिय प्रतिनिधी तथा नगर पार्टी अध्यक्ष दिपक बाबु कंडेलले टीका र दोसल्ला ओढाई स्वागत गरेका थिए । प्रवेश गर्नेहरुमध्येका एकजना संघीय समाजवादी पार्टीका तर्फबाट स्थानीय निर्वाचनका क्रममा वडा सदस्यका उम्मेदवारसमेत रहेका थिए । वडा नं. ७ र ८ का पार्टी कार्यकर्ताहरुबीच भएको सो कार्यक्रममा १० जना नेपाली कांग्रेस प्रवेश गरेका संगठन विभाग प्रमुख बिमल ढकालले जानकारी दिनुभयो ।
त्यस्तै गरी भाद्र २७ गतेका दिन वडा नं. ६को कमलटारमा पनि तेज बहादुर थापाको अध्यक्षतामा एक सभा सम्पन्न भएको छ । सो कार्यक्रममा केन्द्रिय प्रतिनिधी कृष्ण कोइराला, दिर्घमान गुरुङ नारायण, पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक कंडेल, क्षेत्र नं. २ का सभापति गोविन्द गुरुङ, नेपाली कांग्रेस गोरखा जिल्लाका सचिव नन्द प्रसाद न्यौपाने, रविकला खनाल, भेजराज पाण्डे, संगठन विभाग प्रमुख विमल ढकाल लगायतकाले मन्तव्य राखेका थिए । वडा नंं. ६ र९ का कार्यकर्ताहरुबीच भएको सो कार्यक्रममा २२ जना पार्टी प्रवेश गरेको जनाइएको छ ।
अभियानका क्रममा बोल्दै केन्द्रिय प्रतिनिधी कोइरालाले संगठन नै बल भएकाले संगठन बिना केही काम फत्ते गर्न नसकिने बताउनुका सार्थ वि.पि.को आदर्शको कुराहरु बताउनुभएको थियो । त्यस्तै गरी नगर पार्टी सभापति दिपकबाबु कंडेलले आफू नगरपालिकाको मेयर हुँदा विकासका लागी कहीं कतै सम्झौता नगर्ने र कुनै पनि हालतमा पालुङ्टारलाई सम्बृद्धितर्फ पुर्याएरै छाडने बताउनुभएको थियो । सोही क्रममा उहाँले आफूलाई कांग्रेसले मेयर बनाएको भएतापनि जनताको काममा कहिलै पछि नहटने बताउनुभयो ।
पालुङ््टार नगरपालिका र गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्म जागरण अभियान १५ दिनसम्म चल्ने र सो अभियानका लागी केन्द्रिय प्रतिनिधी कृष्ण कोइराला प्रमुख अतिथिको रुपमा सवै स्थानहरुमा पुग्ने नेपाली कांग्रेस पालुङ्टारका संगठन विभाग प्रमुख विमल ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker