नेपालको उत्पत्तिदेखि जगसम्म दाैडेर पूर्व नेपाली सेनाका भीम बहादुर ले जिते १ लाख ५० हजार

नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने मुल नाराका साथ ऐतिहासिक क्षेत्र गोरखाको लिगलिगकोट देखि गोरखा दरबार सम्मको ४२ किलोमीटर म्याराथुन दौडमा आरुघाट गाउँपालिका का पुर्व नेपालि सेना भिम बहादुर गुरुङलेजितेका छन् ।

गुरुङले उक्त दौडमा सहभागी ११३ जनालाई पछि पार्दै ४२ किलोमिटर दुरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पार गरेर प्रथम बनेका हुन् । गुरुङले एक लाख पचास हजार नगद पुरस्कर समेत प्राप्त गरेका छन।

त्यस्तै सोही दौडमा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले उक्त दुरी तीन घण्टा १७ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । बुढाले एकलाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।त्यस्तै सबिन लामाले निर्धारित दुरी तीन घण्टा ३० मिनेट २ सेकेण्डमा पारी गरी तेस्रो हुन सफल भएका छन् । लामाले ५० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।

दौडमा जम्मा १ सय २६ जनाले नामदर्ता गरेका थिए जसमध्ये १ सय १४ जनाले मात्रै दौडमा भाग लिएको आयोजकले जनाएको छ।पालुङटार नगरपालिका, गोरखा नगरपालिका ,सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणको आयोजनामा आज बिहान ७ बजे बाट म्याराथुन दौड सुरु भएको थियो ।

 

नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा इतिहास र पर्यटनको प्रबद्र्धनका लागि ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथुन दौड’ आयोजना गरिएको पालुङटार नगरपालिका का मेयर कडेलले जानकारी दिनु भयो।

लिगलिगकोट विशेष गरि पालुङ्टार नगरपालिका,सिरानचोक गाउँपालिकामा र गोरखा नगरपालिकामा पर्ने भएकाले तीन स्थानीय सरकारले संयुक्त दौडको आयोजना गरेका हुन् । साथै नेपाल एकीकरण अभियानमा पहिलो पटक लिगलिगकोटमा सेनाको गण तयार गरेको इतिहासको सम्झनामा सो म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाको पनि सहकार्य रहेको गणपति लेफ्टिनेण्ट कर्णेल उज्ज्वल केशीले जानकारी बताउनु भयो।

 

लिगलिगकोटबाट सुरु भएको दौड सिरानचोक गाउँपालिका हुँदै ४२ किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भन्ज्याङमा पुगेर टुंगिएको थियो।

नेपाल एकीकरणको उदगम स्थल गोरखाको इतिहास झल्काउने र बाह्य तथा आन्तरिक पर्यटन प्रबर्द्धन मा जोड दिने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताउनु भयो । ‘हामीले इतिहासको माध्यमबाट राष्टिूय एकताको स्मरण गराउने प्रयास गरेका हौं’, उहाँले भन्नुभयो, ‘पृथ्वी नारायण शाहले एकीकरण गर्ने क्रममा गोरखाबाट नुवाँकोट, हनुमानढोका दरबारसम्म पुगे । यी ठाउँहरुलाई समेत जोडेर युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker