एनआरएनए जापानको नवौँ कार्यसमितिद्वारा पदभार ग्रहण ।

जापान,टोकियो

सन्तेाष वस्नेत

गैरआवासीय नेपाली संघ जापानको नवौँ कार्यसमितिले पद तथा गोपनियताको सपथ संगै(२०१९ – २१ )को कार्यभार ग्रहण गरेको छ । गत आईतबार, सम्पन्न निर्वाचनप्रकृयाबाट चयन भएका अध्यक्ष, देविलाल भण्डारीको नेतृत्वमा रहेको कार्यसमितिले मंगलबार टोकियोको सिन्जुकुमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा, सपथ लिँदै, कार्यभार ग्रहण गरेका हुन् । यसपटकको कार्यसमितिमा,अध्यक्ष देबिलाल भण्डारी, बरिष्ठ उपाध्यक्ष ,अनिता गुरुङ,उपाध्यक्ष लक्ष्मण बानिया ,नारायण खड्का,महिला उपाध्यक्ष सबिता श्रेष्ठ,युवा उपाध्यक्ष नविन निउरे,क्षेत्रिय उपाध्यक्ष दिपक कार्की,महासचिव जनक बिक्रम शाही,सचिव क्रमस,टिकाराम खरेल,बिष्णु प्रसाद घिमिरे,बिकास बस्नेत,कोषाध्यक्ष कालिका थापा ,सह कोषाध्यक्ष सचिन श्रेष्ठ,महिला संयोजक संगिता अधिकारी,युवा संयोजक राम थापा अनिल, सदस्यहरुमा, सुपेन्द्र घिसिङ्, राजेश खनाल,जिवन गुरुङ्, अन्जु भण्डारी, शिवु थापा,दिलाराम गैरे, बाबुराम खरेल, महेश कुमार कटुवाल रहेका छन् । कार्यसमितीले, बाँकी छ जना सदस्य तथा एक प्रवक्ता मनोनित गर्नेछन् । समरोहमा, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवयन्यय समितिका प्रवक्ता भुषा घिमिरे, डिआरसी, किरण विक्रम थापा, युवा संयोजक सुदन थापा, आईसिसि सदस्य ओम गुरुङ्, आईसिसि सदस्य कपिल देव थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, निर्वाचन समितिका शालिकराम भण्डारी, बेलुकाजी थापा, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली लगायत एनआरएनए अभियानका अभिन्ताहरु, एवं संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker