दाैड जित्नेलाइ १ लाख ५० हजार, १२० जनाकाे सहभागिता

रविन्द्र कंडेल

भाद्र २४, गाेरखा ।

भ्रमण वर्ष २०२० काे प्रचार प्रसार संगै गाेरखाकाे उदगम स्थल देखि जगसम्म काे  समेत प्रचार प्रसार एवं अान्तरिक पर्यटन प्रवर्दन समेत गर्ने उदेश्यका साथ लिगलिगकाेट सिरानचाेक गाेरखा दरबार म्याराथुन दाैड प्रतियाेगिता हुने भएकाे छ ।

दाैड प्रतियाेगिताकाे अायाेजना पालुङटार नगरपालिका, गाेरखा नगरपालिका, सिरान्चाेक गाउँपालिका र रणसिंह दलले संयुक्त रूपमा गरेका हुन् ।

द्रव्य शाहले तत्कालीन समयमा गाेरखा राज्यमाथि विजय प्राप्त गरेकाे दिनकाे अवसरमा भाद्र २५ गते नै यस दाैडकाे अायाेजना गरिएकाे र यस दाैडकाे अायाेजनाबाट लिगलिगकाेट, गाेरखा सहित समग्र गाेरखाकाे पर्यटन प्रवर्दनमा टेवा पुग्ने पालुङटार नगरपालिकाका नगर प्रमुख दिपकबाबु कंडेलले बताउनुभयाे ।

३८ किलो मिटर लामो दुरी रहेको उक्त दौडमा १२० जना सहभागी हुने नगरपालिकाका दिपेन्द्र अर्यालले जानकारी दिनुभयाे । दाैड २५ गते बुधबार बिहान ६ः३० बजे पालुङटार नगरपालिकाकाे एेतिहासिक स्थान लिगलिगकाेटबाट शुरू हुनेछ । लिगलिगकाेटबाट शुरू भएपश्चात पालुङटारकाे  अाँपपिपल, हर्मी ,  सिरानचोक गाउँपालिकाको चित्रेपाेखरी, छाेप्राक  पुगेर गोरखा नगरपालिकाको छेवेटार हुदै पश्लाङ चौतारो, ठूलाेअाँगन, सतीपिपल हुँदै  देखी गोरखा दरर्बार आएर टुंगिने अायाेजकहरूले जनाएका छन् ।

दौडमा पहिलो देखी १० औं स्थान सम्मका सहभागीहरुलाई नगद र मेडलको ब्यवस्था गरिएको छ । पहिलो हुने ले १ लाख ५० हजार नगद पुरस्कार पाउने छ भने द्वितिय र तृतिय हुनेले क्रमश १ लाख र ७५ हजार नगद पुरस्कार पाउने छन ।

त्यस्तै गरी चौथो, पाँचौ, छैठौ, सातौ, आठौ, नवौ र दशौ हुनेलाई क्रमश.५० हजार, ३५ हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद सहित मेडल प्रदान गरीने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker