लिगलिगे दौड नेपाली सेनाको साजेदारीमा पालुङटार नगरपालिकाले गर्ने उप–प्रमुख बसेल

सुजन न्याैपाने, गाेरखा ।

पालुङटार नगरपालिकाको उप–प्रमुख पम्फा बसेलले २०७६ सालमा हुने लिगलिगे दौड नेपाली सेनाको साजेदारीमा पालुङटार नगरपालिकाले गर्ने तयारी गरेको बताउनुभएको छ । लिगलिग विकास अभियानको नऔं साधरण सभाको प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख बसेलले लिगलिगे दौड सेना संगको साजेदारीमा पालुङटार नगरपालिकाले गर्ने तयारी गरेको बताउनुभएको हो । सोही अवसरमा उप–प्रमुख बसेलले विगतका वर्षहरुमा लिगलिग विकास अभियानले सञ्चालन गर्दै आएको लिगलिगे दौडका कार्यसमितिका सदस्यहरुले नै आर्थिक पारदर्शिता नभएको कुरा उठाए पछि त्यस तर्फ ईङ्कीत गर्दै अभियानका कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन आर्थिक प्रतिवेदन हो की प्रगति विवरणको प्रतिवेदन हो कन्फ्युज भएको धारणा व्यक्त गर्नुभयो । सोहि अवसरमा उहाँले प्रतिवेदनमा व्यक्तिगत सहयोग मार्फत र रसिद मार्फत आएको सहयोगको विवरण उल्लेख नभएको, अभियानको बैङ्क खाता भएको वा नभएको विषयमा कुरा नआएको भन्दै यस तर्फ स्थानिय सरकारको ध्याना कर्षण भएको धारणा व्यक्त गर्नुभयो । लिगलिग विकास अभियानले लिगलिग कोटमा पिकनिक खान आउनेहरु संग लिँदै आएको शुल्क स्थानिय तहले तोके पछि मात्र शुल्क लिन निर्देशन दिनुभएको छ । लिगलिगलाई सफा र पर्यटकीय स्थल बनाउने हो भने कोटको पुरातात्विक सम्पदा भन्दा बाहिर पिकनिक स्पोर्ट बनाउनु पर्ने धारणा राख्नुहँदै उप–प्रमुख बसेलले लिगलिग कोटमा पुजारीको व्यवस्था अव एञ्जिओले होईन, स्थानिय तहले गर्ने भन्दै उहाँले लिगलिग विकास अभियानले लिगलिगको चिनारीका लागि चालेको कदमको व्याख्या गर्नुभयो । सोहि अवसरमा उहाँले लिगलिग कोटलाई पर्यटकिय रुपमा विकास गर्न सके त्यसको उपयोग स्थानिय सरकारले भन्दा पनि लिगलिग वासीले गर्ने भन्दै उहाँले लिलिग वासीले लिगलिगलाई वेचेर त्यसको उपयोग गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
सोहि कार्यक्रमको विषेश अतिथिको रुपमा बोल्दै पालुङटार नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लोकनाथ वाग्लेले अभियानको हिसाब किताबमा पारदर्शिता नदेखिएको तर्फ आपत्ती जनाउनुभयो । उहाँले विकास अभियानले लिनेगरेको शुल्क स्थानिय सरकार संग अनुमति लिएर मात्र शुल्क लिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विकास अभियानका अध्यक्ष पूर्ण रानाले सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो भने अभियानका कोशाध्यक्ष काजी राम कोईरालाले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो । कार्यक्रममा अभियानका पूर्व अध्यक्ष गेहेन्द्र राना, साँस्कृतिक संघ गोरखाका अध्यक्ष अमर धिताल, अभियानका महासचिव सन्तोश देवकोटा बसन्त देवकोटा लगाउतले धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अभियानका उपाध्यक्ष पदम भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker