समाजवादी क्रान्तीको तयारी बैधानीक तरीकाले पुरा गछांै– सांसद हरि राज अधिकारी

राजेश पाैडेल

२३ भाद्र,गोरखा ।

प्रतिनिधि सभाका सांसद हरि राज अधिकारीले समाजवादी क्रान्तीको तयारी बैधानीक तरीकाले पुरा गर्ने बताउनुभएको छ । पालुङटार नगरपालिका वडा नं. २ रातडाँडामा सहिद सुरेश वाग्ले तथा भीमसेन पोखरेलको २१ औं स्मृति सभालाई सम्बोधन गर्दै अधिकारीले समाजवादी क्रान्तीको तयारी बैधानीक तरीकाले पुरा गर्ने र संविधानमा नै समाजवादमा जोने कुरा स्पष्ट रुपमा लेखिएको बताउनु भएको हो । अधिकारीले नेकपाको सरकारले निती र पूवाधार निर्माणको काम अघि बढाएको भन्दै बर्तमान सरकारले संविधानमा व्यवस्था भए बमोजिम कानुन बनाउने काम सुरु गरेको र यो काम भने अन्तिम नभएको बताउनुभएको छ । पालुङटारलाई स्मार्ट सिर्टी बनाउनका लागि नेकपाको सरकारले प्रक्रिया अघि बढाएको भन्दै उहाँले लुईटेल भञ्ज्याङ देखी भच्चेक सम्मको सडक पिचको काम पनि नेकपाको सरकारले गरेको बताउनुभयो । पालुङटारमा बाटोघाटोको विकास बाबुराम भट्टराईको पालामा भएको भन्ने भ्रम रहेको भन्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्य रहँदा र हँसिया हतौडाबाट चुनाबमा लड्दा मात्र डा. भट्टराईले जनताको पक्षमा काम गरेको उहाँले बताउनुभयो । सोहि अवसरमा उहाँले डा. भट्टराईले नेपाल कम्युनिष्ट पार्टी र हँसिया हतौडामा रहँदा मात्र जनपक्षिय काम गरेको भन्दै कम्युनिष्ट पार्टी छोडे पछि डा. भट्टराईले केहि काम गरेको भए देखाउन चुनौती दिनुभयो । वर्तमान दुई तिहाईको नेकपाले केहि गरेन भन्ने भ्रम फैलाईएको तर्फ संकेत गर्दै उहाँले जनताले सोचे जती, जनताले भनेजती, जनतालाई लागे जती र आशा गरे जती काम गर्न नसकेको कुरा सत्य भएको भन्दै आफु जनताको प्रतिनिधी र पार्टी प्रतिनिधी भएकोले त्यस तर्फ क्षमा याचना गर्ने बताउनुभएको छ । सांसद अधिकारीले नेकपाको सरकारको पालामा गोरखाका अधिकांस विद्यालय भवनहरु बनेको बताउँदै उहाँले जनघनत्वको आधारमा विद्यार्थी संख्या कम भए पनि भौतीक संरचना भने बनेको धारणा व्यक्त गर्नुभयो । सांसद अधिकारीले सरकारले बृद्ध भत्ता ३ हजार पु¥याएको र त्यसलायृ पाँचहजार सम्म पु¥याउने सरकारी लक्ष रहेको भन्दै वर्तमान सरकार बनेपछी देश मासु अण्डा, सिमेन्ट लगायत १२ कुरामा आत्म निर्भर बनेको बताउनुभयो ।
सोहि कार्यक्रमको विषेश अतिथि समेत रहनुभएका गण्डकी प्रदेशका गृह मन्त्री हरि बहादुर चुमानले गण्डकी प्रदेशले उर्जा, कृर्षि, पर्यटन लगायतका क्षेत्रलाई आधार बनाएर बजेट तर्जुमा गरेको बताउनुभयो । साहि अवसरमा मन्त्री चुमानले प्रदेश सरकारले योजनाको खाका कोरी सकेको र अब बार्यान्वयनको चरणमा गए पछि जनताले विकासको अनुभुती गर्न पाउने धारणा व्यक्त गनुभयो । स्मृति सभालाई सम्बोधन गर्ने क्रममा अधिकांस बक्तहरुले सहिदहरुले पु¥याएको योगदानको प्रसंसा गर्दै आफुहरु सहिदहरुले देखाएको बाटोमा हिड्र्ने पतिबद्धता जनाएका थिए । कार्यक्रममा नारायण अधिकारी, जुद्धविलास भण्डारी, खोपबहादुर कंडेल, संगिता भट्टराई, दुर्गालाल श्रेष्ठ, डा. रविन्द्र ढकाल, प्रमोद पौडेल टिकाराम वाग्ले लगाउतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker