गरिमाको आठौं साधारण सभा सम्पन्न ।। ०७५/०७६ मा १९ लाख १० हजार ३ सय ९८ रुपैंया १३ पैंसा मुनाफा ।।

आँबुखैरेनी, २२ भदौं ।

गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड आँबुखैरेनी–३, तनहुँको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । रिभरसाईड स्प्रारिङ्ग रिर्सोट कुरिनटार, चितवनको हलमा एक समारोहकाबीच संस्थाका उपाध्यक्ष भगवान श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो । संस्थाका सचिव रामकृष्ण श्रेष्ठले संचालन गर्नुभएको सभामा संस्थाका उपाध्यक्ष भगवान श्रेष्ठले बार्षिक प्रतिवेदन गर्नुभएको थियो । उपाध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७५÷०७६ मा सहकारीले १९ लाख १० हजार ३ सय ९८ रुपैंया १३ पैंसा मुनाफा गर्न सफल भएको जानकारी दिनुभएको छ । यस्तै, २ करोड ५० लाख अधिकृत पूँजी रहेको सहकारीको आर्थिक वर्ष ०७५÷०७६ सम्म चुक्ता पूँजी तर्फ ९४ लाख १४ हजार १ सय, कुल निक्षेप तर्फ ९ करोड ६६ लाख २९ हजार १ सय ३६ रुपैंया २८ पैंसा र कर्जा तर्फ ८ करोड १ लाख ५८ हजार ६ सय १२ रुपैंया रहेको उल्लेख गर्नुभएको छ । कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, सहकारीका उपाध्यक्ष भगवान श्रेष्ठ, अडिटर भवदत्त शर्मा, सहकारीका सदस्य सुमन श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए । त्यस्तै, सहकारीका व्यवस्थापक सन्तोष पोखरेलले आगामी दिनहरुमा अझ शसक्त भएर सहकारीका सदस्यहरुलाई विभिन्न शिर्षकमा कर्जा प्रवाह गरी व्यवसायिक, आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउने योजना रहेको जानकारी गराउनुभएको छ । हाल, आँबुखैरेनी गाउँपालिका अन्तर्गत २१ वटा सहकारी संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker