मंगलेश्वरको दशौं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने

रविन्द्र कंडेल
गोरखा, भाद्र २१
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको मंगलेश्वर साँस्कृतिक मञ्चको दशौं साधारण सभा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष जनक भट्टको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले पूर्वाधार निर्माण विना सम्बृद्धि सम्भव नहुने हुँदा पूर्वाधार निर्माणमा आफूहरुले जोड दिदै आएको बताउनुभयो । सो अवसरमा बोल्दै उहाँले नगरपलिका एवं आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै नगरप्रमुख ई. दिपकबाबु कंडेलले नगरपालिकाभित्र हस्पिटल निर्माण गरी स्वास्थ्य सेवालाई चुस्त बनाउन आफू लागि परेको वताउँदै नगरवासीहरुको हरेक पिडामा आफूले साथ दिने बताउनुभयो ।
मञ्चले दयाराम लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा हिमलाल घिमिरे, सचिवमा शम्भु न्यौपाने, कोषाध्यक्षमा शुशीला भट्ट, सह सचिवमा दयाराम भट्ट र सदस्यहरुमा दिपक बस्नेत, गौरीमान कुमाल, सीता भट्ट, तिलक कुमार खत्री, बुद्धिमान कुमाल र अनिता भट्ट रहेका छन् ।
मञ्चको भजनमण्डलीले भजनमार्फत स्वागत गरी गरी शुरु भएको कार्यक्रममा मञ्चले सञ्चालन गर्दै आएको एम्बुलेन्स व्यवस्थापनका विषयमा अधिकाँश बक्ताहरुले बोलेका थिए । सो अवसरमा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी, च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे, गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल, वडा नं. ६ का समाजसेवी ओम बहादुर बराकोटी, राजेश काफ्ले लगायतकाले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker