भदौ २३गते वासु स्मृति दिवश भब्य रुपमा मनाइने

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७६ भदौ २३ गते बिहान ७:४५ बिहान पार्टी कार्यालय धुम्बराही काठामाण्डौंमा एक भब्य कार्यक्रम गरेर वासु स्मृति दिवश मनाउने निर्णय गरेको छ ।उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको प्रमुख आथित्यता रहनेछ भने पार्टीका सबै शीर्ष नेताहरुको उपस्थिति रहने कुराको जानाकारी नेकपाका बरिष्ठ केन्द्रिय सदस्यले जानकारी दिए।
२०५६ साल भदौ २३ गते गोरखाको गाँखु गाविसमा वाग्लेको हत्या भएको थियो । उहाँलाई प्रहरीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो । जनयुद्धको क्रममा उच्च शहादत प्राप्त एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य क० सुरेश वाग्ले (वासु) को जन्म गोरखाको पालुंगटार स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker