सोलुखुम्बुबाट उडेको बिमानको आकाशमै इन्जिन फेल

गोरखा १८, भदौं । सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकशमै फेल भएको छ । सोलुखुम्बुकोे लुक्ला स्थित तेन्जिङ हिल्लारी विमान स्थलबाट उडेको विमान तीन मिनेटमै एउटा ईन्जिन फेल भएको हो । विमानको एउटा ईन्जिन फेल भएपनि सकुशल काठमाण्डौ अवतरण हुन सफल भएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका ईन्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो ।

लुक्लाबाट विहान आठ बजेर २१ मिनेटमा उडेको ’नाइनएन एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । सो जहाजमा चालक दलका ती जना मात्रै सवार थिए । काठमाण्डौबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नगारिक उड्यन प्राधिकरण लुक्लाले जनाएको हो ।

प्राधिकरण लुक्लाका प्रमुख अधिकारीका अनुसार उडिसकेपछि ईन्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केहि दुर्घटना हुन सक्ने उहाँको भनाइ छ । उक्त विमान आठ बजेर ५१ मिनेटमा काठमाण्डौमा अवतरण गरिएको सिता एयरलाईन्सले जनाएको छ । जहाज क्याप्टेन भरत थापाले उडाउनुभएको थियो ।

mfm

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker