एक्सनद्वारा अब नेपाल विकासको नयाँ युगतिर गयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आभास हुनेगरी विकासका गतिविधिहरू सञ्चानल गर्नु पर्ने बताएका छन्। चितवनमा भरतपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले विकासले गति लिन नसके जनतामा बेचैनी बढ्ने खतरा रहेकोले विकासका गतिविधिमा केन्द्रित हुन आग्रह गरे।

‘मुलुक विकासको एउटा नयाँ प्रक्रियामा प्रवेश गरेको छ। जनताले छिटो भन्दा छिटो विकासले गति लियोस् भन्ने चाहेका छन्,’ उनले भने, ‘यदि विकाशले गति लिन सकेन भने जनतामा बेचैनी बढ्ने खतरा रहन्छ। त्यसैले छिटो भन्दा छिटो एक्सनद्वारा जनतालाई अब नेपाल विकासको नयाँ युगतिर गयो भन्नेर आश्वस्त पार्नुपर्छ। ‘

देशले फेरि अराजकता र अन्योलता थेग्न नसक्ने उल्लेख गर्दै उनले सबैको ध्यान, दिमाग र तागत विकास र समृद्धि तिर लगाउन जरुरी रहेको बताए। उनले हरेक क्षेत्रमा एक्सनद्वारा नेपालमा रोजगारी सिर्जना गरेर युवालाई आस्वस्त पार्नुपर्ने समय आएको बताए। संविधानले परिकल्पना गरेको जस्तो समाजवाद उन्मुख राज्यको प्रत्याभूति आम नेपाली जनतालाई दिने प्रमुख दायित्व अहिलेका तीन तहका सरकारको रहेको उनको भनाइ थियो।

उनले केही तत्वहरु जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको आरोप लगाए। ‘काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा भरतपुर विमानस्थलको विस्तार गर्नुपर्छ,’ उनले भने, ‘नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker