शिक्षक सेवा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश जारी

काठमाडौं । शिक्षक विज्ञापन खारेजीको मुद्दामा सर्वोच्च अदालतले शिक्षक सेवा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश जारी गरेको छ ।
माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो । बहस पछि सर्वोच्चका न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले आयोगको उच्च अधिकारीलाई अदालतमा झिकाएर मात्रै अनितम फैसलागर्ने आदेश जारी गरेको हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेले जानकारी दिए ।
अदालतले मुद्दाको आगामि पेशी भदौं २२ गते आइतबारलाई तोकेको छ । सायद सोही दिन मुद्दामा अन्तिम फैसला हुने न्यौपानेले बताए ।
’आयोगका उच्च अधिकारी झिकाएर मात्रै अन्तिम निश्कर्षमा पुग्ने न्यायाधिशको निष्कर्ष आएको छ’ हिस्टुनका अध्यक्ष न्यौपानेले एजुकेशनपाटीसँग भने ।
बहसका क्रममा न्यायधीशले सरकारी वकिललाई एउटा विषयका शिक्षकहरुलाई अर्को विषयमा परीक्षा किन लिन खोजिएको हो भनि प्रश्न गरेका थिए । प्रश्नमा कानून यस्तै छ भन्ने जवाफ भरपर्दो नभएको भन्दै न्यायधीशले आयोगको उच्च अधिकारीलाई अदालतमा झिकाउने आदेश दिएका हुन् ।हिस्टुनले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दाको पहिलो पेशी साउन ३० गते बुधबार १० बजेका लागि तोकिएको थियो । दोस्रो पेशी भदौ १० गतेलाई तोकिएको भएपनि स्थगित भइ पुनः १५ गतेलाई तोकिएको थियो । हिस्टुनको तर्फबाट अधिवक्ताहरु विशम्भर बुढाथोकी, ईश्वरी भट्टराई र प्रकाश केसीले बहस गरेका थिए ।
आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै हिस्टुनका अध्यक्ष न्यौपाने सहित ६ जना शिक्षकहरुले मुद्दा दायर गरेका थिए । शिक्षक सेवा आयोगले खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ र १२ कक्षामा पढाउने शिक्षकहरुलाई नसमेटेको भन्दै अहिलेको विज्ञापनको खारेजी र नयाँ पाठ्यक्रम बनाइ सोहीअनुसार अर्को विज्ञापन गर्न माग राख्दै हिस्टुनले मुद्दा दर्ता गराएको थियो ।
यो विज्ञापन खारेज गरी नयाँ पाठ्यक्रम बनाएर सोही अनुसार विज्ञापन भए आफूहरुलाई परीषा दिन कुनै समस्या नरहेको उच्छ माध्यमिक तहका शिक्षकहरका तफृबाट वकिलहरुले बहसमा जिकिर गरेका थिए ।

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पनि कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु नमिल्ने भए पछि समस्या आएको थियो । कक्षा ११ र १२ मा झण्डै १ सय ६० विषय पढाई हुन्छ । तर आयोगले कक्षा १० कै तरिकाले सोच्दा समस्या भएको शिक्षकहरुको तर्क छ ।
यो उल्झन् नसल्टिदैं आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसक्ने शिक्षकहरुको तर्क छ । लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खालेको थियो । उक्त परीक्षा असोज ९ देखि ११ सम्म सञ्चालन गर्ने आयोगले तय गरेको छ ।
आफुले इकोनोमिक्स पढाउने भएपनि आयोगले सामाजिक समूहमा परीक्षाको फारम भर्न बाध्य बनाएको न्यौपानेले गुनासो गरे । कहिल्यै नपढेको र नपढाएको विषयमा कसरी परीक्षा दिन सक्छौं । यो हाम्रो मौलिक अधिकारको समेत हनन् हो । न्यौपानेले भने । ’हामीले परीक्षा दिन्नौं भनेका छैनौं, हामीले त फारम पनि भरिसक्यौं, तर हामीलाई आफ्नै विषयको परीक्षा दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।’
शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पछि कक्षा १० र ११–१२ मा पढाइ हुने विषयमा अन्तर आएपछि यस्तो समस्या आएको न्यौपानेले स्पष्ट पारे ।
११ र १२ मा १६० बढी विषय पढाइ हुने भएपछि आयोगले कक्षा १० को विषयसँग समायोजन गरेर एउटै विषयमा धेरै समेटेको थियो । जसले गर्दा कक्षा ११ र १२ मा पढाउने विषयगत शिक्षकहरु मारमा परेका हुन् ।
आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसकेको हिस्टुनका अध्यक्ष न्यौपानेले जिकिर गरे ।
लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खालेको थियो । पछि पुन आयोगले असार १६ गते विज्ञापनको म्याद थप गरेको थियो । त्यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको थियो ।
असार २ गते खुलाइएको आयोगको विज्ञापनको परीक्षा भने साउन २३ गते मात्रै तोकिएको थियो । विज्ञापन खुलेको डेढ महिना पछि बल्ल आयोगले असोज ९, १० र ११ गतेलाई परीक्षाको मिति तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker