तीजमा बिभिन्न स्थानहरूमा बिभिन्न कार्यक्रमहरू

तीजमा विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम
रविन्द्र कंडेल
भाद्र —१६, गोरखा ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा पालुङ्टारका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
यसै क्रममा पालुङटार को वडा नं. ७ मा चाम्पानी खानेपानी उपभोक्ता समितिको आयोजनामा खानेपानी तथा सरसफाइ सम्बन्धी लोक गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
नगरपालिका कार्यालयको आयोजनामा १३ गते ठाँटीपोखरीमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । ९ समूहको सहभागिता रहेको सो प्रतियोगितामा बाल ज्याेति बाेर्डिङ स्कूल ठाँटीपाेखरी ले प्रथम,भृकुटी अामा समूह पानपा १०  द्धितीय र त्रिनेत्र टाेलबिकास संस्था पानपा ७ ले तृतीय स्थान हासिल गरेका थिए भने प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ३० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन भने सान्तवना स्थान हासिल गर्ने ले नगद रु. ५००० हात पारेको छन् । साथै प्रतियाेगितामा उत्कृष्ट नृत्य बापत स्मृति भण्डारी र उत्कृष्ट बाद्यवादनबापत लिला बि.क.लाइ नगद रू १/ १ हजार प्रदान गरिएकाे कार्यपालिका सदस्य बिमला बि.क.ले जानकारी दिनुभयाे ।
त्यस्तै गरी वडा नं. ८ धुवाँकोटमा तीजको पूर्व सन्ध्यामा १४ गते तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
तीजकै दिन पालुङ्टार ७ को च्याङ्ली बिरुवाटारमा खुल्ला तीज गीत प्रतियोगिता हुँदैछ । वडा नंं. ७ कार्यालयको आयोजना र सक्रिय महिला समूहको सह आयोजनामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ८ हजार द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार साथै सान्तवनाले २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै बाैद्द हिमाल युवा क्लबले ठाँटीपाेखरीमा बृहत तीज गीत मेला समेत गर्ने तयारी गरेकाे छ ।

आजै वडा नं. ६ को पौवाटार तथा वडा नं. ९ को सेरामा पनि प्रतियोगिता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker