कति निर्दयी मन: ट्रकमा हालेर लगेर भिरबाट लडाउदै गाई मार्ने

ठमाडाैं । छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर बाँकेको नेपालगन्जबाट ल्याइएका गाईलाई सुर्खेत पुर्या्एर मार्ने गरिएको विषय सार्वजनिक भएको छ । नेपालगञ्जबाट ट्रकमा हालेर ल्याइएका गाईलाई सुर्खेतको वीरगन्द्रनगर–९ स्थित कटकुवा जंगलमा ल्याएर मार्ने गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

स्थानीयका अनुसार ट्रकमा हालेर ल्याइएका गाईलाई भिरबाट खसालेर मार्ने गरिन्छ । स्थानीयहरुको खबरपछि प्रहरीको टोलीले पनि कटुवा जंगल क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा करिब १० वटा गाई मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । :स्थानियले भने २२ वटा गाइ मरेकाे बताएका छन ।

बिहीबार राति मात्रै २ सयभन्दा बढी गाई नेपालगञ्जबाट ट्रकमा हालेर ल्याएर सुर्खेतमा छाडिएको जानकारी आएको प्रहरीले जनाएको छ । स्थानीयहरुले भने सामूहिक गौहत्या गरिएको भन्दै विरोध जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker