रविले भने, “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ –

साेमबार प्रहरी हिरासतबाट मुक्तभएपछि पहिलोपटक मंगलबार चितवनको नारायणी नदी तीरमा जनता र समर्थकहरुलाई धन्यवाद दिन आयाेजित ‘धन्यवाद सभा’लाई सम्बोधन गर्दै रवि लामिछानेले आफूलाई अझै जनताकाे पक्षमा काम गर्ने हाैसला मिलेकाे बताएका छन् । नारायणी नदी तीरमा मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको ‘धन्यवाद सभा’मा रविका लाखौँ समर्थक फूलमाला बोकेर रविलाई शुभकामना दिन आएका थिए । रवि लामिछानेले सम्बोधन गर्दै गर्दा सहभागीहरु खुशीले ताली र सिठ्ठी बजाउँदै समर्थन जनाए । रवि लामिछानेले देश विदेशमा रहेका जनता र समर्थकहरुलाई आफ्नाे रिहाइका लागि गरेकाे संघर्षप्रति धन्यवाद दिँदै आफू सधैँ जनताको आवाज बोल्ने प्रतिबद्धता जनाएका छन् । रवि लामिछानेले सरकार र नेताहरुको कार्य र सोचले गर्दा देश अहिले यो अवस्थामा छ र आफू कहिल्यै पनि राजनीतिमा नआउने, तर आफ्नो संचारकर्मीको पेशालाई सधैँ उच्च ठाउँमा राखेर जनताको आवाज टेलिभिजनबाट बुलन्द गर्ने बाचा गरे । आफ्नो सम्पतिकोबारेमा आएको टिप्पणीलाई लिएर रविले भने, “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker