गोरखामा श्रीमती हत्याका अभियुक्तद्धारा घिमिरेको हत्या पनि आफैले गरेको स्वीकार

SITENAME

गोरखा ६, भदौं । पत्नी हत्याको आरोपमा प्रहरी अनुसन्धानमा रहेका गोरखा नगरपालिका–९ लक्ष्मीबजारका याकुव परियारले मनकामना बहिरा माविका कर्मचारी श्यामहरि घिमिरेको पनि आफैले हत्या गरेको स्वीकार गरेका छन् । पत्नी पूजा परियारको हत्याका आरोपमा भदौ १ गते पक्राउ परी अनुसन्धानका क्रममा हिरासतमा रहेका परियारले साउन २७ गतेराती घिमिरेको पनि आफैले हत्या गरेको स्वीकार गरेको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–९ मा स्थित बिधालयबाट गएको साउन २७ गते राती ८ः३० बजे घर फर्कदै गरेका घिमिरेको शव भोलीपल्ट बिहान नजिकैको जंगलमा फेला परेको थियो । ‘झारफुकका लागि आमा, बुवा र श्रीमतीसगै स्थानिय उमाकान्त बगालेको घरमा गएका बेलाएक्कासी सवैलाई पिटेर भाग्दै गरेका परियारले बाटोमा टर्चलाईट बालेर आएका घिमिरेलाई देखेपछि हिर्काएर मारेको अभियुक्तले स्वीकार गरेको छ ।’ एसपी अधिकारीले भन्नुभयो ।

सडकमा एक्लै देखेपछि आक्रमण गरी परियारले घिमिरेको घाँटी थिचेर हत्या गरेको र घिसार्दै जंगल पु¥याएर मुन्टो बटारेर फालेको स्वीकार गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा अभियक्त परियारको भिडियो बयान समेत दखाइएको थियो । ‘मानसिक स्वास्थ्य सम्बन्धी औषधी सेबन गर्दै आएका परियारलाई उपचारका लागि भाँक्री कहाँ लगेका रहेछन्, त्यहीबेला भागेर गएका उनले घिमिरेको हत्या गरेका रहेछन् ।’ प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो ।

प्रहरी उपरीक्षक अधिकारीले घटनाको अनुसन्धानका क्रममा १२ दिनपछि स्थानियले दिएको सूचनाको आधारमा घिमिरेको हत्यामा पनि उनकै संलग्नता भएको हुनसक्ने भन्दै अनुसन्धान गर्दा घटनाको तथ्य फेला परेको बताउनुभयो । ‘प्रहरी कार्यालयमा बिहीबार साँझ विद्यालय प्रशासन, व्यवस्थापन समिति र मृतकका आफन्त तथा आरोपित परियारका परिवार सहितको बयानमा आफुले हत्या स्वीकारेको उनले स्वीकार गरेको हो ।’ उहाँले भन्नुभयो ।

अभियुक्त परियारले भदौ १ गते राती ओछ्यानमा संगै सुती रहेका बेला १९ बर्षिय श्रीमती पूजा परियारको खुर्पाले घाटी रेटेर हत्या गरेको आरोपमा पक्राउ गरि अनुसन्धान गर्दै आएको थियो । मानसिक अवस्था ठीक नभएका परियार माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  ।  घिमिरे हत्या नै भएको भन्दै मृतकका आफ्न्तहरुले गएको ११ दिनदेखि लगातार दोसी पत्ता लगाई कारवाही गर्न माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् ।

पिडित पक्षले दोसी पत्ता नलागेसम्म बिधालय चल्न नदिने भन्दै बिधालयमा समेत तालाबन्दी हुदै आएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker