बस र माेटरसाइकल ठाेक्किँदा एक गम्भीर घाइते

गोरखा ५, भदौ । गोरखा नगरपालिका –११ स्थित सोह्रकिलोमा भएको सवारी दुर्घटनामा परी जना गम्भीर घाइते हुनुभएको छ  । गोरखा सदरमुकामबाट पौवाटार सेरा जाँदै गरेको ग १ ख ६४२२ नम्बरको यात्रुबाहक बस र बाह्र किलोबाट गोरखा बजार आउँदै गरेको ना २७ प ३००८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा नगरपालिका –५ निबासी वर्ष ४९ का गोपीकाजी श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ । टाउकोमा गम्भिर चोट लागेपछि श्रेष्ठलाई उपचारको लागि मेडिकल कजेल चितवन लगिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker