गुम्दामा अालु मेला, अालु नै अालु

सलिना गुरूङ, गाेरखा ।

गोरखा ः धार्चे गाउँपालिका–५ गुम्दामा पाँचौ आलु मेला शुरु भएको छ । धार्चे थामरा युवा क्लव र आलु कृषक समूहरुको संयुक्त आयोजना मेला भएको हो ।

क्लबको १२ औ बार्षिक उत्सवको अवसर पारेर गरिएको मेलाको गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जातको आलुमा आत्मनिर्भरता बन्नका लागि व्यवसायिक रुपमा खेती गर्नुपर्ने बताएका छन् ।

गुम्दालाइ आलुको पकेट क्षेत्रको रुपमा बिकास गर्न व्यवसायिक आलु खेतीमा जोड दिन उनले आग्रह गरे । मेलामा स्थानीय आलुको पहिचान र बजारीकरण गर्न आलु प्रदर्शनी सँगै आलु खाने प्रतियोगिता हुने आयोजकले जनाएको छ । भदौ ५ गते सम्म चल्ने मेलामा गाउँपालिकाका क्लब स्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता हुने छ ।

प्रतियोगितामा महिला तर्पm प्रथम, द्धितीय, तृतीय हुने टिमले क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाण पाउनेछन् । त्यस्तै पुरुष तर्पm प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार सहित मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मेलामा हुने आलु खाई प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेले क्रमश ५, ३ र २ पाथी आलु पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker