
भाद्र ५, गाेरखा ।
पालुङटारको मुख्य वस्ती हुँदै स्मार्ट सिटिको स्वरुप बिग्रने गरि बिस्तार हुन लागेको रास्ट्रीय प्रसारण लाइन को बिकल्प दिनको लागि पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई , माननीय मन्त्री वर्षमान पुन , मोहम्मद इस्तेयाक राई , योगेश भट्टराई , रास्ट्रीय सभाका साम्सद सुरेन्द्र पाण्डे, गन्डकी प्रदेश साम्सद हरिसरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दीपक बाबू कंडेल ,कुलमान घिसिङ तथा चार वटा मन्त्रालयका कर्मचारी लगायत को टिमको छलफल ले एकहप्ता भित्र टुङ्गो लगाउने गरि माननीय सङ्घिय साम्सद चुडामणी खड्का गन्डकी प्रदेश साम्सद हरिसरण आचार्य , मेयर दीपक बाबू कंडेल तथा तिनवटा सरोकारवाला मन्त्रालय का प्रतिनिधि सहितको कार्यदल गठन गरेको छ। उक्त कार्यदलले पालुङटारको फिल्ड भिजिट गरि बैकल्पिक मार्गको लागि प्रयास गरि प्रतिबेदन बुझाउनेछ।
नगरपालिका लाई स्मार्ट सिटिकाे रूपमा बिकास गराउन अाफ्नाे तर्फबाट कुनै कसुर नराख्ने नगरप्रमुख दिपक बाबू कंडेलले बताउनुभएकाे छ ।
साथै अलपत्र अबस्थामा रहेकाे एयरपोर्ट सञ्चालनकाे लागि पनि बारम्बार प्रयास गरिरहेकाे वडा नं ५ का वडाध्यक्ष दिपक पाण्डेले बताउनुभएको छ।