जहाज चढेर आउछन् चिनियाँ गाई ः मन्त्री थापा

जहाज चढेर आउछन् चिनियाँ गाई ः मन्त्री थापा
राजेन्द्र न्यौपाने
गोरखा, ३१ साउन । गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी
मन्त्री लेख बहादुर थापाले चिनिया गाई केही समय भित्रै जहाज चढेर आउने
बताएका छन् । गोरखामा आज प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा
मन्त्री थापाले भने “स्थल मार्गबाट गाई ल्याउन बाटोको समस्या हुने
भएकाले जहाजमा राखेर केही समय भित्र गण्डकी प्रदेशमा ल्याईने योजना रहेको
छ । गाई ल्याउने प्रक्रिया अगाडि बढीरहेको सम्मेलनमा उनले बताए ।”
गण्डकी प्रदेशमा तरकारी तथा फलफूलमा भएका विषादीको परीक्षण कसरी
भईरहेको छ भन्ने प्रश्नमा तनहुँ र स्याङ्जामा पहिलो चरणमा विषादी परिक्षण
प्रयोगशाला निर्माण गर्ने तयारी भईरहेको र यो प्रक्रिया १५ दिन भित्र
सम्पन्न हुने मन्त्री थापाको भनाई छ ।
गोरखा, मुस्ताङ र मनाङ जिल्लामा यस वर्ष ५० हजार स्याउका विरुवा वितरण
गर्ने योजना रहेको मन्त्री थापाले बताए ।
विषादी रहित तरकारी उत्पादन गर्न सबैले जोड दिनुपर्ने बताउँदै मन्त्री
थापाले ग्रामिण तथा शहरी क्षेत्रमा अर्गानिक विषादीको प्रयोगमा जोड दिन
आग्रह गरेका छन् ।
गण्डकी प्रदेश कृषि क्षेत्रमा छिट्टै आत्मनिर्भर हुने उनले बताएका छन् ।
प्रदेशका सबै जिल्लामा कोल्ड स्टोर निर्माण गरिने बताउँदै लमजुङ र
कास्कीमा निर्माण प्रक्रिया अगाडि बढेको मन्त्री थापाको भनाई छ । कृषि
सेवा र पशु सेवाका क्षेत्रमा अघिल्लो आर्थिक वर्षमा भौतिक योजना तथा
पुर्वाधार मन्त्रालय मार्फत काम भएको थियो नि भन्ने प्रश्नमा मन्त्री
थापाले आफू त्यसबारेमा जानकार नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker