जङ्गलमा टेन्ट हालेर जुवा खेल्ने अाठ जुवाडे पक्राउ

जंगलमा टेन्ट टाँगेर जुवा खेल्दै गरेका आठ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले ३ लाख ८७ हजार २ सय ५० रुपैयाँसहित उनीहरुलाई बिहीबार पालुङटार नगरपालिका–५ चियानडाँडास्थित जंगलबाट पक्राउ पक्राउ गरेका हुन् । जुवा खेल्नेमा तनहुँ, लमजुङ र गोरखाका व्यक्ति रहेका डिएसपी महेन्द्र नेपालले बताए । ‘

अस्थायी प्रकृतिको टेन्ट टाँगेर जुवा खेलिरहेका रहेछन्,’ एक प्रहरीले भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भयौँ, उनीहरु पेसेवर रहेको बुझिन आएको छ ।’ उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गर्न अनुसन्धानकाे लागि ७ दिनकाे म्याद थप गरिएकाे इलाका प्रहरी कार्यालय ठांटीपाेखरीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker