पोखराको न्यूरोडमा भीषण आगलागी

पोखरा, साउन २८ ।
पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम होउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट मार्केटभित्र रहेका १२ वटा पसलमा क्षति पुगेको बताईएको छ । फोमभित्र आगो लागेका कारण नियन्त्रणमा लिन निकै सकस परेको छ । आगो नियन्त्रणका लागि पोखरा महानगरका ४ वटा दमकल सहित २० भन्दा बढी ट्यांकर परिचालन गरिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित सयौं सुरक्षाकर्मी आगोलागी भएको ठाउँमा पुगेका छन् । आगो लागेपछि न्यूरोडमा ठूलो भिड छ । थप विवरण आउन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker