पालुङटारमा हाईटेन्सन लाईन बिस्तार नगर्नु – भट्टराई

पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गृहनगर पालुङटारको मध्यभाग हुँदै विस्तार गर्न लागिएको प्रसारण लाईनका सन्दर्भमा सरोकारवालासँग छलफल गर्न उर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । पालुङटार नगरपालिकाको मध्यभाग हुँदै मस्र्याङदी करिडोरको प्रशारण लाइन विस्तार गर्न लागिएकोमा चिन्ता ब्यक्त गर्दै उनले उर्जामन्त्री बर्षमान पुनलाई सरोकारवाला निकाय र तिनै तहका जनप्रतिनिधिबीच संयुक्त परामर्श गरि निकास निकाल्न आग्रह गरेका हुन् । स्मार्ट सिटी घोषणा गरिएको नगरपालिकाको योजनाबद्ध विकासको लागि गुरूयोजना बनिनसक्दै आ आफ्नै ढंगले मस्र्याङदी कोरिडोरको प्रसारण लाइन, मध्यपहाडी लोकमार्गको रेखांकन, पालुङटार एअरपोर्टको क्षेत्रनिर्धारण, घरजग्गा प्लटिंग आदि हुनु गम्भीर चिन्ताको विषय रहेको उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker