काठमाडौ टिचिङ हस्पिटलमा अागाे लाग्याे

काठमाडौं– काठमाडौंको महाराजगंजस्थित त्रि.वि. शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ । भवनको पाँचौ तलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ । दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट भवनमा रहेको भौतिक संरचनामा सामान्य क्षति भएको छ । आगलागी भएपछि घटास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । आगलागीबाट विरामीलाई कुनै समस्या नपरेको अस्पताल प्रशासनले जनाएको छ । विद्युतिय सर्किट सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।यो खबर खबरहबमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker