पालुङटारका विद्यालयहरूका सारथी बन्दै जापानीज विद्यार्थीहरूकाे संस्था KIVO

KIVO जापानीज विद्यार्थीहरुको साझा संस्था हो।यो संस्थाले नेपाल लगाएतका देशमा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्री,पुस्तकालय व्यवस्थापन,भौतिक सामाग्रीहरु गर्ने गरेको छ।वर्षको दुई पटक नेपालमा आएर सहयोग गर्ने यस संस्थाले सन 2019 को लागि summer visit गरेर विभिन्न विद्यालयहरुको आवश्यकता तथा समस्याहरुको बारेमा अन्तरक्रिया गरेको छ।मिति २०७६/०४/२४ गते शुक्रबारका दिन यस संस्थाले श्री मदने डाँडा माध्यमिक विद्यालय पालुङटार नगरपालिकामा शिक्षकहरु तथा विद्यार्थीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ। यस संस्थाको संयोजक अधिवक्ता सुशील पन्त र KIVO को समूह नेता Ryotaro Shoji को नेतृत्वमा १५ सदस्यीय टोलिले संयुक्त छलफल गरेको हो। श्री मदने डाँडा माध्यमिक विद्यालयमा स्वागतको अवसरमा अधिवक्ता तथा KIVO का संयोजक श्री सुशील पन्तले विभिन्न विद्यालयहरुमा सहयोग गर्न पाउदा निकै खुशी लागेको बताउनुभयो।त्यस्तै आगामी वर्षहरुमा पनि सहयोग निरन्तर रहने बताउनुभयो।साथसाथै विद्यालयमा पुर्ण रुपमा सकारात्मक परिवर्तन भएको र यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो।स्वागत कार्यक्रममा बोल्दै KIVO का समूह नेता श्री Ryotaro Shoji ले आफुहरुलाई नेपालमा आएर सहयोग गर्न पाएकोमा निकै खुशी लागेको बताउनुभयो र विद्यालयको समस्या तथा आवश्यकताहरु प्राथामिकिकरण गर्दै टिपोट गरेर लैजाने र winter visit मा सहयोग उपलब्ध गराउने बताउनुभयो।विद्यालयका सहाएक प्रधानाध्यापक सानोबाबु थापा मगरले KIVO ले गर्दै आएको निरन्तर सहयोग प्रती आफ्नो व्यक्तिगत तथा विद्यालयको तर्फबाट सराहना गर्मुभयो।KIVO आफ्नो विद्यालयको अभिन्न अंग बनिसकेकोले निरन्तर साथ सहयोग उपलब्ध गराउन पनि आग्राह गर्नु भयो। KIVO का संयोजक,समूह नेता तथा सदस्यहरूलाई विद्यालयका सहायक प्रधानाध्यापक सानोबाबु थापा मगरले खादा तथा विद्यालयका अग्रज शिक्षक विष्णु प्रसाद उप्रेतिले टीका प्रदान गरि स्वागत गर्नुभएको थियो भने कार्यक्रम सन्चालन अतिरिक्त तथा अङ्ग्रेजी शिक्षक नवीन प्रसाद पन्तले गर्नुभएको थियो। जापानीज विद्यार्थीहरुको साझा संस्था हो।यो संस्थाले नेपाल लगाएतका देशमा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्री,पुस्तकालय व्यवस्थापन,भौतिक सामाग्रीहरु गर्ने गरेको छ।वर्षको दुई पटक नेपालमा आएर सहयोग गर्ने यस संस्थाले सन 2019 को लागि summer visit गरेर विभिन्न विद्यालयहरुको आवश्यकता तथा समस्याहरुको बारेमा अन्तरक्रिया गरेको छ।मिति २०७६/०४/२४ गते शुक्रबारका दिन यस संस्थाले श्री मदने डाँडा माध्यमिक विद्यालय पालुङटार नगरपालिकामा शिक्षकहरु तथा विद्यार्थीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ। यस संस्थाको संयोजक अधिवक्ता सुशील पन्त र KIVO को समूह नेता Ryotaro Shoji को नेतृत्वमा १५ सदस्यीय टोलिले संयुक्त छलफल गरेको हो।श्री मदने डाँडा माध्यमिक विद्यालयमा स्वागतको अवसरमा अधिवक्ता तथा KIVO का संयोजक श्री सुशील पन्तले विभिन्न विद्यालयहरुमा सहयोग गर्न पाउदा निकै खुशी लागेको बताउनुभयो।त्यस्तै आगामी वर्षहरुमा पनि सहयोग निरन्तर रहने बताउनुभयो।साथसाथै विद्यालयमा पुर्ण रुपमा सकारात्मक परिवर्तन भएको र यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो।स्वागत कार्यक्रममा बोल्दै KIVO का समूह नेता श्री Ryotaro Shoji ले आफुहरुलाई नेपालमा आएर सहयोग गर्न पाएकोमा निकै खुशी लागेको बताउनुभयो र विद्यालयको समस्या तथा आवश्यकताहरु प्राथामिकिकरण गर्दै टिपोट गरेर लैजाने र winter visit मा सहयोग उपलब्ध गराउने बताउनुभयो।विद्यालयका सहाएक प्रधानाध्यापक सानोबाबु थापा मगरले KIVO ले गर्दै आएको निरन्तर सहयोग प्रती आफ्नो व्यक्तिगत तथा विद्यालयको तर्फबाट सराहना गर्मुभयो।KIVO आफ्नो विद्यालयको अभिन्न अंग बनिसकेकोले निरन्तर साथ सहयोग उपलब्ध गराउन पनि आग्राह गर्नु भयो।KIVO का संयोजक,समूह नेता तथा सदस्यहरूलाई विद्यालयका सहायक प्रधानाध्यापक सानोबाबु थापा मगरले खादा तथा विद्यालयका अग्रज शिक्षक विष्णु प्रसाद उप्रेतिले टीका प्रदान गरि स्वागत गर्नुभएको थियो भने कार्यक्रम सन्चालन अतिरिक्त तथा अङ्ग्रेजी शिक्षक नवीन प्रसाद पन्तले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker