प्रहरीकाे गाेलीबाट काठमाडौंमा एक गुण्डानाइकेे ढल्याे

काठमाडौं, २४ साउन । काठमाडाैंमा प्रहरीले गाेली हानेर एकजनालार्इ पक्राउ गरेकाे छ । काठमाडाैंकाे बिजेश्वरीबाट लोप्चन भन्‍ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा लामा भाग्न खोजेकाे र साेही क्रममा पक्राउ गर्न गाेली चलाइएकाे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । मिलन लामाको घुँडामुनि प्रहरीले दुई गोली हानेकाे छ । घाइते भएका लामालाई प्रहरीले तत्कालै अस्पताल लगेको छ। उनी काठमाडौंका विभिन्‍न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी अाउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker