चितुवाको विगविगीले भानुवासी त्रसित

अमरराज नहर्की/तनहुँ समाचारदाता

जङ्गलमा बस्ने चितुवा घरघरमा बस्न थालेपछि कस्को पो मन डराउँदैन र । त्यसमाथि मान्छेलाई निशाना बनाएर आक्रमण गर्न थालेपछि वनबाट डराएर घरमा जाने मन घरमै डराउन वाध्य भएका छन् हाल तनहुँ जिल्लाका भानु नगरपालिकाका बासिन्दा । चितुवा वस्तीमै बसेर मान्छे माथि आक्रमण गर्न थाले पछि तनहुँको भानु नगरपालिका वासिन्दा त्रसित भएका छन् । चितुवाको बिगविगी भएपछि आक्रमणमा परिने डरले उनिहरु घरबाट बाहिर निस्कन डराई रहेका छन् ।
भानु नगरपालिका क्षेत्रभित्र विशेष गरी २,३,४,५,९,११ वडामा चितुवाले पटक÷पटक आक्रमण गरी मानिसहरुको ज्यान मार्ने , घाईते बनाउने र गाउँवस्तिमा प्रवेश गरी जनमानसमा त्रास पैmल्याउने गरेकाले त्रसित बनेको भानु नगरपालिकाकी उपप्रमुख आशा थापा बताउनुहुन्छ । चितुवाको आक्रमणले भानु नगरपालिका –२ जोगी डाँडाका ६ वर्षिय बालक हेमराज सुनुवारको आईतबार साँझ घाईते बनाए पछि पहिला जस्तै भानु नगरवासी त्रसित बनेका छन् । होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयमा कक्षा १ मा पढ्ने बालक सुनुवारको शौचालयमा जाने क्रममा चितुवाले आक्रमण गरेको थियो भानु नगरपालिकामा चार जनाबालबालिकाको मृत्यु भईसकेको छ । मान्छे मार्ने चितुवालाई गोली हानेर मार्नु पर्ने, चिडिया खानामा वा संरक्षित क्षेत्रमा सार्नु पर्ने माग स्थानीयले राखेका छन् । डिभिजन वन कार्यालय तनहुँले एक सूचना जारी गरि सजक रहन आग्रह गरेको छ । साँझ र झिसमिसे उज्यालाको समयमा चितुवा आहाराको लागि बढी सक्रिय हुने भएकोले घर बाहिर ननिस्कन आग्रह गरिएको छ । बालबालिकालाई एक्लै दुक्कै नछाड्न पनि कार्यालयले अनुरोध गरेको छ ।
चितुवाको विगविगीलाई नियन्त्रण लिन मद्धत पु¥याउन भानु नगरपालिकाका मेयर उदयराज गौलीको संयोजकत्वमा वन्यजन्तुबाट मानवमा आक्रमण नियन्त्रण समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रपसाद पण्डित सहितको सवपक्षिय छलफलबाट समिति गठन गरिएको भानु नगरपालिकाकी उपमेयर थापाले जानकारी दिनुभयो ।
समितिले घर वरीपरीको झाडी सफाई गर्ने अभियान सञ्चालन गरेको छ । नरभक्षी चितुवा मार्नको लागि स्थानीय शिकारी परिचालन गर्ने, सतर्क रहने उपाएको बारेमा माईकिङ गर्ने काम गरिरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker