च्याङ्लीमा पनि विश्व स्तनपान सप्ताह

रविन्द्र कंडेल
श्रावण —२४, गोरखा ।

“आमाबाबुका सक्षमता, स्तनपानको सफलता” भन्ने मूल नारासहित मनाइदै आएको विश्व स्तनपान सप्ताह अन्तर्गत च्याङ्ली स्वास्थ्य चौकीमा एक १ हजार दिनका आमाहरुको उपस्थितिमा कार्यक्रम गरिएको छ । चौकीमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख भरतराज पाण्डेले स्तनपानको परिचय,महत्व एवं आवश्यकताका बारेमा बताउनुभएको थियो । त्यस्तै गरी सोही क्रममा स्तनपान गराउँदा का सही आसन, पूर्ण स्तनपान, पूरक खाना, बालभिटाको आवश्यकता, हरेक बार खाना चार, नियमित पोषण तथा नियमित सरसफाई लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
कम्तीमा पनि २ वर्षसम्म बच्चाहरुका लागी अनिवार्य रुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ । स्तनपान नगराउँदा बच्चाहरुमा नकारात्मक असर पर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker