भानु नगरपालिकाको वजेट ७८ करोड ७४ लाख ८५ हजार

भानु नगरपालिकाको वजेट सार्वजानिक गरियो
तनहुँ, साउन २३ गते ।
तनहुँको भानु नगरपालिकाले बिहीबार आर्थिक वर्ष २०७६÷०७७ को वजेट नीति तथा कार्यक्रम सार्वजानिकीकरण तथा सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रममा भानु नगरपालिकाको उपप्रमुख आशा थापाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन ७८ करोड ७४ लाख ८५ हजार विनियोजन गरेको जानकारी दिनुभयो । जसमा विक्तिय मामानिकरण अनुदान १५ करोड ६३ लाख २४ हजार , सर्सत अनुदान २८ करोड ९३ लाख , राजस्व बाँडफाडमा ११ करोड ९८ लाख ९३ हजार जिल्ला समन्वय समितिबाट १ करोड , आन्तरिक राजस्व तर्पm ३ करोड ६० लाख ७५ हजार र खर्च नभएका योजनाबाट बचत ४ करोड ५८ लाख ९३ हजारलाई अनुमाननित आयको रुपमा लिईएको छ ।
कार्यक्रमको उद्घाटन संघियसभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद श्रेष्ठ तनहुँकै इतिहासमा हालसम्मकै सबैभन्दा धेरै बजेट तनहुँमा आएको दाबी गर्नुभयो । धेरै वजेट विनियोजन गर्न सकिएकोले विकासमा गति लिईरहेको उहाँले बताउनुभयो । साथै सांसद श्रेष्ठ चितुवाको आक्रमणबाट भानुमा ४ चार जना बालबालिकाको ज्यान गएको र दुई जनाको घाईते भएको प्रति दुःख व्यक्त गर्दै वन्यजन्तु र मानवबीचको द्धन्दको अन्त्य गर्न आपूmले सदनमा कुरा उठाएको जानकारी दिनुभयो ।
कार्यक्रम भानु नगरपालिकाका मेयर उदयराज गौलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु रामबहादुर गुरुङ, डोबाटे विक, सरिता गुरुङ लगायतले विकासको लागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेकपा नेताहरु विद्या ढकाल, भगवती न्यौपाने , प्रेमराना, नेपाली काँग्रेसका पूर्व सभापति रघुनाथ पौडेल , भानु कार्यपालिका सदस्य देवबहादुर भुजेल, वडा नम्बर १० का वडाध्यक्ष गोविन्द सिलवाल लगायतले विकासमा सरकार र प्रतिपक्ष केही नभनिकन एकजुट भएर विकास निमार्ण लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमा भानु नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत डिल्लीरमण भट्टराई नगरपालिकाले सम्पन्न गरेका योजनाका बारेमा जानकारी दिनुभएको थियो । वजेटमा कर्मचारीको भक्ताको लागि धेरै रकम छुट्टाईएको गुनासो गरिएको थियो । नगरपालिकलाले १० लाख रुपैयाँ कर्मचारीको लागि भक्ता छुट्टाईएको छ । कार्यक्रममा भानु नगरपालिकामा कर्मचारी अभाव रहेको पनि उक्त अवसरमा जानकारी दिईयो । मेयर गौलीले ४७ प्रतिशत कर्मचारीको मात्रै पूर्ति भएपनि ८४ प्रतिशत विकास वजेट कायान्वय आउनु धेरै राम्रो भएको तर्क राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker