ने.क.पा. पालुङटार अध्यक्षमा विबस चिन्तन र गोरखामा बिशेश्वर कट्टेल

रविन्द्र कंडेल
श्रावण —२१, गोरखा ।
नेपाल कम्युनिष्ट पार्टी पालुङ्टार नगरपालिकाको अध्यक्षमा बिवस चिन्तन अजय चयन भएका छन् । पार्टीको बिशेष बैठक बसी सोमबार अजयलाई पार्टी अध्यक्ष चयन गरेको छ भने गोरखा नगरपालिकामा विशेश्वर कट्टेल चयन भएका छन् । पार्टी एकिकरणको सन्दर्भमा लामो समयदेखि अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद हुँदा अहिलेसम्म गोरखा र पालुङ्टार नगरपालिकामा एकीकरण टुङ्गो लाग्न सकेको थिएन । पालुङ्टारमा अध्यक्ष को रुपमा विकास वाग्लेको नाम पनि चर्चामा रहेको थियो । अजय पूर्व माओवादीमा हुन भने सचिवमा पूर्व एमालेका तर्फबाट अमृत काराखेतीलाई चयन गरिएको छ ।
ने.क.पा.का प्रवक्ता एवं पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठकै उपस्थितिमा अध्यक्ष टुङ्गो लगाउनुपरेको श्रोतले जनाएको छ ।
पालुङ्टारम टुङ््गो लागेसँगै गोरखा नगरपालिकामा पनि टुङ्गिएको छ । एकताका क्रममा भएको सहमतिअनुसार गोरखा नगरपालिकामा अध्यक्षमा विश्वेश्वर कट्टेल र सचिवमा कृष्ण राना चयन भएका छन् । कट्टेल पूर्व एमाले हुन भने राना पूर्व माओवादी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker