पुननिर्माण को अर्डिनेटरलाई वडा कार्यालयको विदाई

रविन्द्र कंडेल
श्रावण —२१, गोरखा ।
भारत सरकारको सहयोगप्राप्त नोपल पुननिर्माण परियोजना अन्तर्गत पालुङ्टार नगरपालिका क्लष्टर २ मा कार्यरत टिम को अर्डिनेटर रघुनाथ रिमाललाई पालुङ्टार नगरपालिका वडा नं. ७ ले विदाई गरेको छ ।
क्लष्टर २ अन्तर्गत वडा नं. ७ को बिरुवाटारस्थित कार्यालयमा रही १५ महिनासम्म काम गरी सोही परियोजनाको शहिद लखन गाउँपालिकाको कार्यालयमा सरुवा भई जान लाग्नुभएकोमा उहाँलाई एक कार्यक्रम गरी विदाइ गरिएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो । वडा कार्यालयमा वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन च्याङ्ली स्वास्थ्य चौकी इन्चार्ज भरतराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा वडा कार्यालयका सम्पूर्ण कर्मचारी सहित अन्यले रिमाललाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
सोही दिन पुननिर्माण कार्यालयमा कार्यरत कर्मचारीहरुले समेत उहाँलाई कार्यालयमा एक कार्यक्रम गरी विदाई गरिएको थियो । सञ्चारकर्मी रविन्द्र कंडेलको विशेष उपस्थितिमा गरिएको सो बिदाई कार्यक्रमको सञ्चालन कुमार तिवारीले गर्नुभएको थियो । जसमा परियोजनाका कर्मचारीहरु दयाराम लामिछाने, कोपिला कुमाल, उज्ववल अधिकारी, श्याम कृष्ण न्याैपाने, क्रा लामा लगायतकाले रिमालको नेतृत्व क्षमता एवं कामको चर्चा गरेका थिए । कार्यालयमा उहाँलाई फूलमाला, अबिर तथा पुष्पगुच्छा एवं उपहार प्रदान गरी बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker