पालुङ्टारमा विश्व स्तनपान सप्ताह

रविन्द्र कंडेल

 श्रावण २१, गोरखा ।

 आमाबाबुका सक्षमता, स्तनपानको सफलता भन्ने मूल नारासहित गोरखाको पालुङ्टार नगरपालिका स्वास्थ्य शाखाले स्तनपान सप्ताहको कार्यक्रम गरेको छ । ठाँटीपोखरी बजारमा २० गते का दिन स्वास्थ्य शाखाका प्रमुख प्रदिप कुमार यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । २ बर्षमुनिका बच्चाका आमाहरुको समेत विशेष उपस्थिति गराई स्तनपानको महत्वको विषयमा प्रष्ट्याउँदै कार्यक्रम गरिएको थियो ।

      कार्यक्रममा स्वास्थ्य शाखा पालुङ्टारका सुनिलजंग ठकुरीले स्तनपानको महत्वको बारेमा बताउनुभएको थियो  । त्यस्तै गरी सानुदेवी रिजाल, गीता श्रेष्ठ, लगायतकाले कार्यक्रमको औचित्यका बारेमा बताउनुभएको थियो ।

      कम्तीमा पनि २ वर्षसम्म बच्चाहरुका लागी अनिवार्य रुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ । स्तनपान नगराउँदा बच्चाहरुमा नकारात्मक असर पर्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आरपी विच्छाले विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको सङ्ख्या दिनप्रतिदिन घटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्तनपानबारे दुईवटा कुरा थाहा पाउनैपर्छ । पहिलो, जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्छ भने दोस्रो, छ महिनासम्म दूध मात्र खुवाउनुपर्छ । तर दुर्भाग्यवश यो दुवै घट्दो अवस्थामा छ ।

तथ्याङ्कअनुसार सन् २०१० मा ७१ प्रतिशत आमाले स्तनपान गराउँथे भने हाल ६० प्रतिशतमा झरेको डा. विच्छाले जानकारी दिनुभयो । उहाँले यो सबै स्तनपान गराउनुपर्छ भनेर दिइने परामर्शको अभाव तथा बजारमा पाइने विभिन्न प्रकारको खाद्य पदार्थका कारणले कमी भएको प्रस्ट पार्नुभयो । “आमाहरू शिक्षित त भएका छन् तर स्तनपानको विषयमा भने अशिक्षित आमाजति पनि जिम्मेवारी पूरा गर्न सकेका छैनन्”, उहाँले थप्नुभयो, “विद्यालयको पाठ्यक्रममै स्तनपानको महत्वबारे पढाइनुपर्छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker