बौद्ध हिमालले प्रदेश स्तरीय लिग फुटबल खेल्ने

 

पालुङटारको बौद्ध हिमाल युथ क्लव गण्डकी प्रदेशस्तरीय फुटवल प्रतियोगिताका लागि छनौट भएको छ । अखिल नेपाल फुटवल संघ(एन्फा)को कार्यक्रम अनुसार भएको जिल्ला लिगको विजेता बन्दै बौद्ध हिमालले प्रदेश स्तरीय लिग खेल्ने भएको हो ।

पालुङटारमा शनिवार भएको फाइनल खेलमा हरमटारी क्लवलाई ३–१ गोल अन्तरले हराउँदै बौद्ध हिमाल विजयी भएको हो । जीतसँगै उसले ५० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

उपविजेता हरमटारीले २० हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएको छ । जिल्ला फुटवल संघ गोरखामा आवद्ध ११ क्लवको जिल्लास्तरीय लीगमा सहभागीता रहेको थियो । प्रदेश स्तरीय लीगको भने मिति निश्चित नभैसकेको जिल्ला फूटवल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकमरी दिए । एन्फाले जिल्लाबाट प्रदेश र त्यहाँबाट छानिएका क्लवहरुविच राष्ट्रिय स्तरको लीग गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker