तनहुँ काे याम्पामा बस दुर्घटना हुंदा १९ घाईते

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अगाडि रहेको सवारीलाई ओभरटेक गर्न खोज्दा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सावर ३३ यात्रु मध्ये १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनिहरु मध्ये एकको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भई रहेको छ भने एकजनालाई पोखराको गण्डकी कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद शिलवालले बताए ।

अन्य सामान्य घाइते उपचार पश्चात फर्किएका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिराखेकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker