पालुङटारमा उपप्रमुखलाई गाडी खरिद सुविधाको रकमले शव–बाहन किन्ने

ग।ेरखा,

पालुङटार नगरपालिकाले प्रदेश सरकारले उपप्रमुखलाई गाडी खरिदका लागि दिईएको सुविधाको रकमले सव–बाहन किन्ने भएको छ । नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रसासकिय अधिकृतको सुविधाको लागि नगरपालिका संग पहिले नै गाडी भएकाले आफ्नो सुविधाको लागि विनियोजन गरिएको रकमबाट शव वाहन खरिद गर्न लागिएको उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभएको छ । उहाँले अहिले गाउँ गाउँमा सडकको पहँुच पुगेको र गाउँमा बुढा बुढी मान्छे मात्र बस्ने गरेकोले सबलाई घाट सम्म पु¥याउन समेत समस्या भएकोले पनि सब–बाहन किन्ने निर्णय गरिएको बताउनुभयो । पालुङटार नगरपालिकामा नगरपालिका र १० वटै वडा संग सडक सञ्जालको रुपमा नगरपालिकाको केन्द्रलाई जोड्ने काम अन्तिम चरणमा पुगेको कारण पनि आफुहरुले जनताको समस्यालाई ध्यानमा राखेर सब–बाहन खरिद गर्ने निर्णय गरेको उपप्रमुख बसेलको भनाई छ । सोहि अवसरमा उपप्रमुख बसेलले नगपालिकाले नगरपालिका भित्र रहेका सबको अन्तिम संस्कार गरिने स्थानहरु र घाटहरुमा जाने सडकाको स्तर उन्नती गर्ने र त्यस्ता ठाउँहरुमा हिउँद बर्खा दुबै समयमा गाडी चल्न सक्ने रोड बनाउने तयारी समेत गरेको जानकारी दिनुभएको छ ।
सोहि अवसरमा उपप्रमुख बसेलले अहिले पनि वेवारिसे अवस्थामा फेला परेका लासहरुलाई नगपालिकाले आवस्यक खर्चको व्यवस्था गरेर वेवारीसे अवस्थामा रहेको र शब बाहन खरिद गरेपछि त्यो खर्च समेत कटौती हुने विस्वास व्यक्त गर्नुभयो । नगरपालिकाले कार्यविधि बनाएर सब बाहनलाई सञ्चालनमा ल्याउने भन्दै उपप्रमुख बसेलले जनताको आवस्यकतालाई मध्यनजर गरेर नै शब बाहन खरिद गर्न लागिएको दोहो¥याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker