जीवन ज्योति मा.वि.मा विद्यालय व्यवस्थापन समितिले पूर्णता पायो ।

रविन्द्र कंडेल
श्रावण —१८, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ स्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । गत असार १३ गते अभिभावक भेला गरी विद्यालय व्यवस्थापन गठन प्रक्रिया अघि बढाइएको थियो । अभिभावकहरुमध्येबाट ४ जना अभिभावकहरु छानिएको थियो । त्यसको १ महिनापछि श्रावण १७ गते शुक्रवारका दिन बैठक वसी अन्य सदस्यहरु समेत मनोनित गर्ने अध्यक्ष टुङ्ग्याउने काम भएको छ । जसको अध्यक्षमा पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै गरी अन्य सदस्यहरुमा अप्सरा देवकोटा, कमल बहादुर गुरुङ, राजु श्रेष्ठ रहेका छन् । मनोनित सदस्यहरुमा अर्जुन पाण्डे र रण बहादुर कुमाल रहेका छन । शिक्षकहरुका तर्फबाट रमेश खडका शिक्षक प्रतिनिधी रहनुभएको छ । जसको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे रहनुभएको छ ।
समितिले पूर्णता पाउनको लागी वडाको तर्फबाट १ जना र नगरपालिकाको तर्फबाट १ जना प्रतिनिधी समावेश गर्न बाँकी रहेको र छिटै पूर्णता दिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
लामो समयदेखि व्यवस्थापन समिति बिहिन भएको विद्यालयमा अब शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य परिवर्तन हुने आशा गर्न थालिएको छ ।
भूकम्प पछि यस विद्यलयमा जाइका को सहयोगमा २४ कोठा रहने गरी सुविधासम्पन्न ३ वटा भवनहरु निर्माण को अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker