मध्यबिन्दु-१४,चरङ्गेमा ३ दिन “चरङ्गे खेलकुद तथा सास्कृतिक महोत्सव-२०७६ ” हुने

कविराज ढकाल गोर्खा नेपाल || अाउदै गरेको नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारि,बिगतका बर्षहरुमा झै यश बर्ष पनि सम्झना युवा क्लब मध्यबिन्दु-१४,चरङ्गे,नवलपुरको अायोजनामा ” चरङ्गे खेलकुद तथा सास्कृतिक महोत्सव-२०७६ ” हुने भएको छ।
पुराना मौलिक कला सस्कृतिको सम्रक्षण तथा खेलकुदको बिकास गर्ने उद्देश्यले,कल्बको भवन निर्माण सहयोगार्थ,,अाउदो असोज २३ देखि २५ गते  सम्म महोत्सव सन्चालन गर्न लागिएको कल्बका अध्यक्ष दुर्शम मगर ज्युले जानकारी दिनुभएको छ।
उक्त महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त  कलाकारहरुको प्रस्तुति,खुल्ला पुरुष भलिबल प्रतियोगिता,खुल्ला लोकनृत्य प्रतियोगिता, मारुनी नाच,सराय नाच,कौरा नाच,झ्याउरे नाच को साथमा मगर समुदायमा झल्किने कला सस्कृति र स्थानीय मौलिक उत्पादनको प्रर्दशनी मुख्य अाकर्षणको रुपमा रहने बताएको छ।

मिति : २०७६ असोज 23-25 गते सम्म
स्थान : मध्यबिन्दु,१४,चरङ्गे,नवलपुर

प्रतिकृया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker