एम्नेष्टी ईन्टरनेशनल समूह ३काे नयँा कार्यसमिति चयन

काठमाडौ ।
एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३ को ३५ औं साधारणसभा आज २०७६ साउन १८ गते कादम्बरी कलेजमा सम्पन्न भएको छ । समुहका सम्योजक गणेश प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सभाबाट समुहको २०७५/०७६ को बार्षिक गतिबिधि र आर्थिक प्रतिवेदन पारित गरेको छ भने आ. ब. २०७६/०७७ को बार्षिक कार्ययोजना र बजेट समेत पारित गरिएको छ । सोहि अवसरमा सम्पन्न निर्वाचन बाट श्री घमान तामाङको सम्योजकत्वमा तपशिल बमोजिमको कार्य समितिसमेत चयन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी डा. गोपाल कृष्ण सिवाकोटी, बिशेष अतिथिहरु प्रा. कपिल श्रेष्ठ, चरण प्रसाई, प्रदिप पोखरेल, भवानी प्रसाद खरेल, प्रदिप्ता कादम्बरी, नेशनल बोर्डका सदस्य गोबिन्द वाग्ले, समुह ३ का गणेश घिमिरे, बिमल अधिकारी, ममता कार्की, कृषणा पौडेल, इन्दिरा चुडाल खरेल, निर्वाचन अधिकृत हरिचन्द्र भट्टराई, नव निर्वाचित सम्योजक घमान तामाङ, सचिव माधव नेपाल लगायतले एम्नेस्टीको मानव अधिकार सम्बन्धी बिश्वब्यापी अभियान र मानव अधिकारका बिबिध पक्षमा बिचार राख्नु भएको थियो । एम्नेस्टी नेपाल शाखामा करिव २२ वर्ष सेवा गर्नु भएकी इन्दिरा चुडाल खरेल, समुह ३ का पुर्व सम्योजकहरु चित्र निरौला, डा. गोपाल कृष्ण सिवाकोटी, भवानी प्रसाद खरेल, राजकुमार गुरुङ, हरिचन्द्र भट्टराई र लक्ष्मण उप्रेतीलाई सम्मान गरिएको थियो । कार्यक्रममा करिव ७० जनाको सहभागिता रहेको थियो ।
नव निर्वाचित कार्यसमिति:
सम्योजक- घमान तामाङ
उप सम्योजक- बिमल अधिकारी
सचिव- माधव नेपाल
कोषाध्यक्ष- ई. प्रदिप श्रेष्ठ
उपसचिव- ममता कार्की
सदस्य- ल्हाक्पा लामा
सदस्य- अनुराधा जोशी
सदस्य- भोला प्रसाद लोहनी
सदस्य- सरला राई
नव निर्वाचित कार्यसमितिलाई मुरीमुरी बधाई र शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker