पालुङटारमा एनसेल टावरमा अागजानी

गाेरखा– पालुङटार नगरपालिका–८ धुँवाकोट स्थित दुवारमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी भएको छ ।

राति करिब साढे ११ बजेतिर आगजनी भएको प्रहरीले जनाएकोछ । ‘सामान्य क्षति हो, जेनेरेटर जलेका छन्,’ अस्थायी प्रहरी पाेष्ट बिरूवाटार का इन्चार्ज मदन अाचार्यले बताए  । क्षति विवरण संकलनका लागि प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।

आगजनीबारे एकिन नभए पनि नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीको अनुमान छ । उक्त क्षेत्रमा अहिले एनसेल सेवा प्रभावित बनेको स्थानीयले बताएका छन् ।
नवलपरासी, भीमाद लगायत अन्य स्थानहरूमा समेत साेही समयमा अागजानी भएकाे बताइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker