काठमाडौं मै शिक्षिका काे कुटाइबाट बिद्यार्थीकाे हात भांचियाे

जि.पि.पौडेल / काठमाडौं, साउन ११ । राजधानीकै एक बोर्डिङ स्कुलमा शिक्षिकाको कुटाईबाट एक छात्राको हात भाँचिएको छ । नार्गाजुन नगरपालिका वडा १ – बनस्थलीमा रहेको नार्गाजुन भ्याली एकेडेमीकी कक्षा ५ मा अध्ययनरत छात्रा करिष्मा अधिकारीको शिक्षिका सुमी तामाङको कुटाइबाट हात भाँचिएको हो । गत मंगलबार कक्षा सञ्चालन भइरहेको समयमा अर्को संगै रहेको साथीलाई कुटपिट गरेर रोएपछि छात्रा अधिकारीले नरोउ भनेर साथीलाई सम्झाउदा उल्टै शिक्षीका तामाङले छात्रा अधिकारीलाई लठ्ठीले पिट्दा हात भाँचिएको श्रोतले जानकारी दिएको छ ।
यस घटनाबारे विद्यालय व्यबस्थापन समितीका अध्यक्ष ई. होमनाथ पोखरेलसंग कुराकानी गर्दा बिद्यालयको निजि मामिला भएको बताए । बिद्यालयका प्रधानाध्यापक भिमलाल श्रेष्ठले बिद्यालयमा घटना घटेको स्विकार गरे । ती छात्र कुट्ने शिक्षकमाथि के कारवाही हुन्छ भन्ने हाम्रो प्रश्नमा उनले भने ‘शिक्षिकालाई बिद्यालयबाट निष्काशितको तयारी भएको छ, हामी विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गछौं ।’ श्रोतका अनुसार बिद्यालय प्रशासनले बिभिन्न आश्वासन दिएर बिद्यार्थीको अभिभावकलाई घटना बाहिर नल्याउन दबाब दिदै आएको छ । अस्पतालको रिपोर्ट अनुसार छात्राको दायाँ हात भाँचिएको छ । पछिल्लो समय बिद्यालयहरुमा बढेको यस्तो घटना प्रति अभिभावकहरुले चिन्ता ब्यक्त गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker