उपप्रमुखबाटै प्रेस स्वतन्त्रता माथि ठाडो प्रहार

 

तनहुँ

शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले शुक्रबार नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी पत्रकार माथि गरिएको हातपात र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति निकालेको छ ।

नगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा आसिन जनप्रतिनिधिले पत्रकार सम्मेलनमा पत्रकारलाई बोलाएर अभद्र तरिकाले अमर्यादित, अपमानजनक र लाञ्छना लगाउनुले सिङ्गो पत्रकार जगतलाई दुखित तुल्याएको भन्दै पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायले जानकारी दिए ।

ढुङ्गा, गिटीका सन्दर्भमा पत्रकार सम्मेलन भन्दै बोलाएर नियोजित ढङ्गले पत्रकार माथि नै हातपात र दुव्र्यवहार गर्ने कार्यको जति नै निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । कुनैपनि समाचारका विषयमा चित्त नबुझे त्यसको खण्डन गर्ने अधिकार सुरक्षित हुँदा हुँदै प्रशस्त मात्रामा भिड जम्मा गरी पत्रकारहरुमाथि हातपात गर्दै त्रास र भयको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार हो भन्ने महासंघ तनहुँ शाखाको ठहर रहेको विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker