बन्दिपुरलाई नेपालकै नमुना गाँउपालिका बनाईने

मदन तिमल्सेना
तनहु,श्रावण ९ गते
बन्दिपुर गाउँपालिकाको पाँचौ गाउँसभाको निर्णय सार्वजनिकीकरण तथा तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम २०७६ सम्पन्न भएको छ , उक्त कार्यक्रम बन्दिपुर गाउपालिकाका अध्यक्ष पुर्णसिङ थापाको सभापतित्वमा सभापतित्वमा आयोजना भएको थियो । उक्त कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका माननीय कृष्ण कुमार श्रेष्ठ (किसान) प्रमुख अथिति रहनुभएको थियो , उक्त कार्यक्रममा वहाँले बन्दिपुर नेपालकै नमुना गाँउपालिका बन्नुपर्ने र आफ्नो तर्फबाट त्यस्तो बन्नमा सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।
कार्यक्रमका सभापति एवं बन्दिपुर गाउपालिका अध्यक्ष पुर्णसिंह थापाले बन्दिपुरलाई सबैले देख्ने गरि विकास गर्न लागेको र सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको बताउनुभएको थियो ।

कार्यक्रममा गाउपालिकाकी करुणा गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । उत्तः कार्यक्रममा
गाउपालिकाका प्रवक्ता एवं बन्दिपुर गाँउपालिका वडा नं. १ का अध्यक्ष भानुभक्त पोखरेलले गाउपालिकाको विकास निर्माण बारेमा जानकारी गराउनुभएको थियो ।
साथै उक्त कार्यक्रममा गाउपालिकाको प्रसाशन अधिकृत सुकदेव लम्सालले गाँउपालिकाको बजेटको बारेमा बोल्नुभएको थियो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ,पुर्व मन्त्री भिम प्रसाद गौतम, नेकपाका जिल्ला नेता श्रीप्रसाद श्रेष्ठ, नेकपाका प्रदेशका सदस्य सिद्धान्त थापा मगर , छिजित लामिछाने, बन्दिपुर गाउपालिकाका नेपाली काङ्ग्रेस अध्यक्ष कर्ण खत्री लगायतका महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बन्दिपुरका स्थानियहरुले विभिन्न सास्कृतिक नाचहरु चेपाङ जातिको याङरो नाच , मारुनी नाच आदि देखाईएको थियो । कार्यक्रममा बन्दिपुर गाउपालिकालाई सबै भन्दा धेरै ५४ हजार कर तिर्ने गोपाल अधिकारीलाई सम्मान गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker